यस कारण भोली सार्वजनीक विदा
२८ असार पोखरा। गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन सार्वजनिक बिदा दिएको हो।
तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।
अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो। वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ असोज ६ गते निधन भएको थियो।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्।