नेप्से दोहोरो अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ३० २०७९
2K
SHARES

३० असार काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजार परिसूचक नेप्से १४.७१ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार घटेपनि मंगलबार र बुधबार भने सुधार भएको थियो । बुधबार ५९. ५४ अंकले बढेको नेप्से आज १४.७१ अंकले  बढेर २००१.५३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.७८ अंकले बढेर ३८३.१४ पुगेको छ ।

आज दिनभर २२० कम्पनीका ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच भएको छ । आज दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ को कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेरका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ । वित्त र लघुवित्तको सेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको
परिसूचक शून्य प्रतिशत भन्दा माथिले बढेका छन् ।