चट्याङ लागेर १४ जनाको मृत्यु, १६ जना घाइते
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ५ २०७९
2.7K
SHARES
५ साउन काठमाडौं। उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
यता समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट