६ साउन काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ ।
केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको हो । शुक्रबार नेप्से २७.२६ अंक (१.३३ प्रतिशत)ले गिरावट भएर २०१७.४६ अंकमा बन्द भएको छ ।
नेप्सेमा गिरावट भएपनि दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार बजारमा १ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै २१ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाखको कारोबार भएको छ ।
यता सेयर मूल्य बढ्ने कम्पनीमध्ये किसान लघुवित्तको सेयर मूल्य सवार्धिक ८.४१ प्रतिशतले वृद्धि हुँदा गणपति लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ ।