एआईजी आचार्य सवार गाडी दुर्घटना


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ६ २०७९
1.9K
SHARES

६ साउन काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए ।  बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् ।