चट्याङ लागेर २१ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ११ २०७९
5.7K
SHARES
११ साउन काठमाडौ । पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् ।
भारतमा यति बेला भारी वर्षा भइरहेको छ । आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ । त्यस्तै, राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन् । यो सिजन मनसुनको सुरुवात भए यता गुजरातमा १ सय र महाराष्ट्रमा ११० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, असममा पनि बाढी र पहिरोका कारण १९७ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट