यी क्षेत्रका नदीमा आज बहाव बढ्ने
१२ साउन काठमाडौं । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज हम्पचुवारस्थित सुनकोसी, मधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती र कुसुमस्थित पश्चिम राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
आज काभ्रेपलाञ्चोक, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, कास्की, लमजुङ, म्याग्दी, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
