नेपाल–बंगलादेश जलस्रोत समितिको बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन १२ २०७९
2.6K
SHARES
१२ साउन काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो ।
अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको थियो । दुई दिनसम्म चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रणसम्बन्धी मुख्य एजेन्डामा छलफल हुने बताइएको छ ।
नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई र बंगलादेशका तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले बैठकको नेतृत्व गरेका छन् । बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसमसम्बन्धी तथ्यांकहरूको आदानप्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट