जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन १५ २०७९
2.8K
SHARES
१५ साउन जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेमा लु.१ ज ३७५४ नम्बरको जिप आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार मुगु रारा छाँयानाथ नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक तिरूवा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जिपका चालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिपमा सवार अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट