गौतमश्री सहकारीका सञ्चालक फरार
१५ काठमाडौं साउन । काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको पाँच अर्ब बढी रकम फिर्ता नगरी भागेका छन्। पीडित बचतकर्ताहरुले आज सहकारी विभागमा उजुरी दिएका छन् ।
सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएता पनि सबै फरार रहेको उनीहरुले उल्लेख गरेका छन् । बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडितहरुको भनाई छ । सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन् ।