यी क्षेत्रमा आज बाढीको खतरा
१६ साउन काठमाडौं । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
आज झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, संखुवासभा, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, कालीकोट, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।