साताको अन्तिम दिन नेप्सेमा ३४ अंकको गिरावट
२० साउन काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा ३४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से ३४.६१ अंकले घट्दै २१ सय १३.५५ अंकमा झरेको हो । यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत ५.८० अंकले घट्दै ४०६.४५ अंकमा झरेको छ ।
शुक्रबार २ घण्टाका लागि खुलेको बजारमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । आज १३ वटा उपसूचक मध्ये म्युचुअल फन्ड (०.८९ प्रतिशतले) बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.४ प्रतिशतले घटेको छ भने आज सबैभन्दा कम होटल तथा पर्यटन समूहको उपसूचक ०.९१ प्रतिशतले मात्र घटेको छ ।