शेयर बजारमा आज पुनः गिरावट


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २३ २०७९
2.3K
SHARES

२३ साउन काठमाडौं । हिजो केही बृद्धि भएको शेयर बजार आज पुनः घटेको छ । सोमवार नेप्से परिसूचक १७ दशमलव ६८ अंक घटेको हो । नेप्से परिसूचक २ हजार १०६ दशमलव १५ विन्दुमा झरेको हो । यस दिन कारोबारमा आएका २१४ धितोपत्रको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर ४४ हजार ५५३ पटकमा रू। २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २१४ धितोपत्रमध्ये दूई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको २० करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १० प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव २७ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक २ दशमलव ४२ प्रतिशत घटेको छ ।