प्रदीप गिरिलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए श्रद्धाञ्जली


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
5.3K
SHARES

५ भदौ काठमाडौ । बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख प्रकट गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले गिरि नेपाली राजनीतिमा दार्शनिक र समाजवादी चिन्तक भएको उल्लेख गरेका छन् । साथै, गिरि राजनीतिक विचारधाराभन्दा माथि उठेर सबै राजनीतिक दलका आदरणीय व्यक्ति भएको पनि उल्लेख गरेका छन् ।

कांग्रेस नेता तथा समाजवादी चिन्तक गिरिको शनिबार राति निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । उपचारको क्रममा ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।