विहानै दाङमा टिपरमा आगजनी


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
2.1K
SHARES

७ भदौ दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी कसले ग-यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे  अनुसन्धान भइरहेको बताए ।