नगर प्रहरीले भत्काउन थाल्यो भोटाहिटीको अवैध संरचना


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १२ २०७९
2.4K
SHARES

१२ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले भोटाहिटीमा काम सुरु गरेको हो ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरिएको छ । मेयर बालेन अहिले फिल्डमा खटिएका छैनन् । डोजरसहित नगर प्रहरीलाई स्ट्यानबाई राखेका छन् ।