प्रहरी चुनावमा १० हजार लौरो किन्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
2.3K
SHARES

१६ भदौ काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किन्न अर्थ मन्त्रालयले सहमति दिएको छ । १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख बजेट स्वीकृत गरेको हो ।

मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले  बताए ।  प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ । प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न पाउँदैनन् । १ लाख १५ हजार म्यादी प्रहरीले आफ्ना लागि आवश्यक लाठी आफैंले व्यवस्था गर्नुपर्ने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाइरहेको छ ।