सिद्धार्थ राजमार्ग : ४० मिटर सडक भासियो
१७ भदौ काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदेखोलानजिकै करिब ४० मिटर सडक भासिएको छ ।हिजो अपराह्न साढे ४ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध छ । जेसीबीको सहयोगमा वैकल्पिक ट्रयाक खोलिए पनि वर्षाका कारण हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
निरन्तरको वर्षापछि सडक भासिँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारीसाधन हिजैदेखि हिउँदेखोला आसपासमै रोकिएका छन् ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने–आउने सवारीसाधन प्रभावित भएको प्रहरीचौकी दोभानले जनाएको छ ।