मुस्ताङ उडेको समिटको जहाज ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
2K
SHARES

१९ भदौ पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ सुवेदीले भने, ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’ सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीले जानकारी दिए ।