आज काठमाडौंका यी ठाउँमा सवारी डाइभर्सन


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९
2.9K
SHARES

२० भदौ काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज सवारी डाइभर्सन गरिएको छ । कतै डल निर्माण तथा कतै सडक मर्मतका कारण सवारी डाइभर्सन गरिएको हो ।

नागढुङगा–दहचोक सडकखण्ड हुँदै संचालन हुने सवारी साधनलाई आज पनि डाइभर्सन गरिएको छ । सडकमा हिमपाइप  राख्ने काम भएकाले चारपाङग्रे सवारी साधनलाई डाइभर्सन गरिएको हो ।

दहचोकको भट्टेडाँडा र नागढुङगाबाट सवारी साधनलाई ड्राईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको । दुईपांग्रे सवारी साधन भने संचालन भइरहेका छन् ।

धोविखोला कोरिडोरका विभिन्न ठाउँमा पनि ढल निर्माणका कारण सवारी निर्वाधरुपमा चल्न सकेको छैनन् । विभिन्न ठाउँमा डाइभर्सन गरिएको छ ।  काठमाडौं उपत्यकाको अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य तवरले संचालन भइरहेको छ ।