अवैध संरचना हटाउन नयाँ बसपार्क–मित्रनगर क्षेत्रमा जाँदै नगरप्रहरी


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९
2.5K
SHARES

२० भदौ काठमाडौं । काठमाडौं महानगपालिकाले आज नयाँ बसपार्कस्थित मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना हटाउने भएको छ । महानगरलाई आएको सूचनाका आधारमा सो क्षेत्रमा निरीक्षणका लागि जाने तयारी भएको नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । “नयाँ बसपार्कदेखि मित्रनगर जाने बाटोमा अवैध संरचना रहेको सूचना पाएका छौँ । आज सोही क्षेत्रका अवैध संरचना हटाउन जादैछौँ,” उनले भने ।

महानगरले भदौ ६ गतेदेखि नक्सापासविपरित अवैध रुपमा सञ्चालन गरेका अन्डरग्राउण्ड पार्किङ खाली गराउँदै आएको छ । पछिल्लो समय मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड पनि हटाउने अभियानमा महानगर छ ।