मुख्यमन्त्री राईलाई मातृशोक
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २० २०७९
2.4K
SHARES
२० भदौ विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ । राईकी आमा सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।
भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि विराटनगर ल्याइएको थियो ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारका लागि आजै भोजपुर लगिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट