बालाजु–माछापोखरीका अवैध संरचना आज भत्काइने


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९
2.1K
SHARES

२७ भदौ काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आज बालाजु–माछापोखरीका अवैध संरचना हटाउने भएको छ । नगरप्रहरीका अनुसार आज बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपासमा बनेका अवैध संरचना हटाउने कार्यतालिका छ ।

“अबको केही बेरमा सो क्षेत्रमा पुग्दैछौँ । महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका संरचनामा डोजर चलाउन बाध्य छौँ,” नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।

आइतबार महानगरले जडिबुटी, कोटेश्वर, तीनकुने, न्युरोडस्थित सुरज अर्केड र शान्तिनगर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको थियो । सुनधारास्थित काठमाडाैं मल, न्युरोडस्थित आरबी कम्प्लेक्स, नयाँ बसपार्क, मित्रनगर, बनस्थली, असन–इन्द्रचोक–न्युरोड, पशुपति, गौशला क्षेत्रका अवैध संरचना नगरप्रहरीले हटाइसकेको छ ।