यी १० स्थानमा भारी वर्षा मापन
३० भदौ काठमाडौं । पछिल्लो तीन घण्टामा देशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपुर र दाङका केही क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी, रुपन्देहीका भैरहवा र सूर्यपुरा, कपिलवस्तुका तौलिहवा र वाणगंगा, पाल्पाको तानसेन, नवलपुरको देउराली नवल, दाङका कोइलाबास, लालमाटिया र लमही तथा आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव हुन सक्नेछ । नदीतटीय तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।