यस कारण पल शाहको मुद्दाकाे सुनुवाइ स्थगित


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
2.1K
SHARES

२ असोज काठमाडौं । अभिनेता पल शाहको आज आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ। गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो।

तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए। शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन्।

सोही प्रकृतिको मुद्दामा गत साता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।