पाए शाहले बलात्कार मुद्दामा सफाइ पाए


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ७ २०७९
3.5K
SHARES

७ असोज काठमाडौं । पीडित किशोरी ‘होस्टाइल’ भएकै कारण अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो ।

जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । बलात्कार आरोपकै अर्को मुद्दा तनहँुमा विचाराधीन भएकाले उनी जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ ।

पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी पर्यो । जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।