देशको भूगोल र स्रोत बुझेको व्यक्ति उमेदवार होस् – युवराज बस्ताकोटी
१० असोज काठमाडौ । गाऊँमा जीन्दगी नटेकेका, जनतालाई नभेटेका, भोलि चुनाव प्रचारको १५/२० दिन गरिने नाटक बाहेक जनतासंग भेट्न नभ्याउने, फोन नउठाउने डाक्टर, विद्धान, पाइलट, ठुला कर्मचारी, अर्थविद्, शिक्षाविद्, हिरो, हिरोनी आदि सबै घातक हुन्छन्।
तपाईंले ठुला मानेका / प्रचार प्रसार गरेका मानिसलाई फोन गर्नुस् त, अहिले पनि उठ्दैन। जनतासंग नरमाउने मानिसलाई उमेदवार बनाएर उनको व्यक्तिगत विवरण मात्रै थप्ने काम केहि हुदैन। जमिन नटेकेका मानिसले कागजी विकास गर्लान , तथ्यांकको भाषण गर्लान् , जनताको रासन बढाउने काम गर्दैनन्।
भोट त जमिनबाट उठेको, जनतासंग रमाउने, नेपाल कै विश्व विद्यालय पढेको , तपाईं हाम्रो सम्पर्कमा रहने , कम्तिमा आवश्यक पर्दा तत्काल भेट्न पाइने, फोन उठाएर समस्या सुन्नेलाई दिने हो। नजिकको तिर्थ हेलाँ नगरौं।
हल्लाको भरमा नलागौं। नेपाली विश्वविद्यालय पढेका धेरै मानिस सक्षम छन् तर INGO हरुसंग नभएकाले प्रचारमा छैनन्। हामीले विद्वान मानेका मानिस INGO हरुको पैसाले मिडियाबाजी हुने हो। विदेशी पैसाको लोभ देखाएर नीति भ्रष्टाचारका लागि धेरै विदेशी एजेन्ट सकृय छन्।
मिडियामा नमस्कार गर्न पाईने भरमा हाम्रो अमुल्य भोट दिन सकिदैन। देश बनाउन देश बचाऊँ। नेपाली जनशक्ति र स्रोत परिचालन गर्न सक्ने नेपाली माटो बुझेको मानिसलाई टिकट मागौं।
जमिन नटेकेका बाहिर सुकिला हुन्छन्, जमिनमा लडिबुडी खेल्दै राजनीतिमा रहेका भित्रि सुकिला हुन्छन्।राजनीतिमा मानिसहरु कम्तिमा देशको भूगोल बुझेको, नेपाली स्रोत साधन बुझेर परिचालन गर्न सक्ने व्यक्तिले मात्रै समाज परिवर्तनको राजमार्ग खन्न सक्छ भन्ने हामीले बुझ्नु पर्छ।(उनी शैक्षिक,राजनीतिक तथा विकास अध्येता हुन्)