यात्रुबाहक बस दुर्घटना हुदा दुईजनाको मृत्यु, २८ बढी घाइते


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १७ २०७९
2.8K
SHARES

१७ असोज काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २८ बढी घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ का ५१ वर्षीया कल्पना राजवंशी, झापा दमक नगरपालिका ५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी रहेका छन् ।

दुबैको उपचारको क्रममा राति मृत्यु भएको हो । गएराति साढे १२ बजे ना ७ ख २०३२ नम्बरको यात्रुबाहक बस सडक छेउको नालीमा खसेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।