सत्य मोहन जोशीको अवस्था चिन्ताजनक


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २९ २०७९
2.6K
SHARES

२९ असोज काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । २३ दिनदेखि ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

“हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उहाँको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ । साथै छातीमा निमोनियाको संक्रमण र युरिन इनफेक्सन नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी छ,” अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।