पुल भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु
१३ कार्तिक काठमाडौं । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मोरबीको मच्चु नदीमा सैयौँ मानिसहरू डुबेका छन् । स्थानीय फुटेजमा आंशिक रूपमा डुबेको सस्पेन्सन ब्रिजमा मानिसहरू झुन्डिरहेको देखिन्छ ।
उक्त पुलमा त्यतिबेला ४०० जना रहेको बताइएको छ । उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
करिब एक शताब्दी पुरानाे पुल मर्मतपछि सञ्चालनमा आएको चार दिनपछि यस्तो दुर्घटना भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलय यस दुःखद घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् ।
प्रधानमन्त्री मोदीले मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनी अहिले गुजरातको तीन दिने भ्रमणमा छन् ।
भिडियोहरूमा अँध्यारो हुँदै गर्दा प्रत्यक्षदर्शीले त्यहाँ फसेका मानिसहरूलाई उद्धारको प्रयास गरिरहेका देखिन्छन् ।उद्धार कार्यमा थप मद्दतका लागि नजिकका जिल्लाहरूबाट आपत्कालीन सहयोग टोलीहरू परिचालन गरिएकाे छ ।