भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १३ २०७९
4.4K
SHARES

१३ कार्तिक काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।