लोक सेवा आयोग लुम्बिनीले माग्यो यी पदको कर्मचारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २५ २०७९
1.8K
SHARES

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत सहायकस्तर चौथो तहका (अप्राविधिक) पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरिएको हो ।

बढुवा तथा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका लागि आवेदन मागिएको आयोगले जनाएको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेछ ।दरखास्त मंसिर १५ गतेसम्म र दोब्बर दस्तुर तिरी २३ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत भर्नु पर्नेछ ।