निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २९ २०७९
2.3K
SHARES

२९ कात्तिक काठमाडौं । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिए ।