काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनामा रोजगारीको अवसर


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १२ २०७९
2.7K
SHARES

१२ मंसिर काठमाडौं।   काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनामा करार सेवामा दरखास्त आह्वान गरिएको छ । नेपाली सेनाले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न तीन पदका चारजनाका लागि दरखास्त आह्वान गरेको छ ।

उक्त पदमा खुला प्रतिस्पर्धाद्वारा करार सेवामा कर्मचारी नियुक्त गर्न लागिएको हो । “…सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिलि, आफूले प्राप्त गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो प्रति २ (दुई)सहित लिखित निवेदनमा रु. १० को टिकट टाँस गरी नेपाली फायलमा राखी व्यक्ति स्वयम् उपस्थित भई काठमाडौं तराई/मधेस द्रुतमार्ग सडक आयोजना कार्यालय नित्यकाली शिविर जंगी अड्डामा दरखास्त पेस गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा उल्लेख छ ।

dksfm1669608450.jpg