सुकुम्बासीले गरे काठमाडौं महानगरपालिका घेराउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १३ २०७९
2.8K
SHARES
१३ मंसिर काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीलाई काठमाडौं महानगरपालिकाले बस्ती हटाउन गएको कारण आज मंगलबार भूमिहीनहरूले कार्यालय घेरेका छन्।
महानगर कार्यालयअघि नाराबाजी गर्दै भूमिहीनहरू प्रदर्शनमा उत्रिएका हुन्। सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत माग गरेका छन्।
सोमबार डोजरसहित उक्त सकुम्बासी बस्तीमा पसेको नगर प्रहरी टोलीमाथि ढुंगामुढा गरिएको थियो। त्यसक्रममा ३६ नगर प्रहरी घाइते भएका बताइएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट