सुकुम्वासी हटाउन काठमाण्डौँ उपत्यका विकास प्राधिकरण पनि तात्यो, निकाल्यो ३५ दिने सूचना


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १४ २०७९
2.9K
SHARES

१४ मंसिर काठमाडौं । काठमाडौं महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला काठमाडौं उपत्यका विकास प्राधिकरण पनि तातिएको छ । प्राधिकरणले ३५ दिने सूचना जारी गर्दै ३५ दिन भित्र नदी किरानाराका बस्ती हटाउन सूचना जारी गरेको छ ।

उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डमा पर्ने जग्गा अतिक्रमण गरी बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको हो । प्राधिकरणले निर्देशन कार्यान्वयन नगरे अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि जनाएको छ ।

उपत्यकाभित्रका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको उल्लेख गर्दै सूचनामा आफ्नो काममा अवरोध भए प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने भन्दै कार्बाहीको चेतावनी दिएको छ ।