बुटारको पुल निर्माणमा संसद धितालको पहल कदमी
१४ मङ्सिर काठमाडौँ । बिगत लामो समयदेखि अलपत्र परेको गण्डकी गाउपालिका वडा २ बुटारको पुल निर्माणको लागि प्रदेश संसद माननीय कृष्ण धिताल बिजयले अग्रसरता देखाएका छन् । उक्त पुल निर्माणको लागि ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगरेको र ढिला सुस्ती गरेको कारण संसद धितालले निर्माणको लागि पहल कदमी चलेका हुन् ।
११ किलो छेपेटर – भालुस्वार- वारपाक सडक योजना गोर्खाले एक सूचना निकाल्दै ७ दिन भित्र निर्माण स्थलमा सन्तोष जनक कार्य गर्न निर्देशन गरेको छ । यदि ७ दिन भित्र सन्तोष जनक कार्य नभएको खण्डमा सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का संझौतासर्त बमोजिम ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने समेत उक्त सुचनामा उल्लेख गरिएको छ ।
