जन्ती बोकेको जीप दुर्घना, ५ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १७ २०७९
2.4K
SHARES

१७ मंसिर जनकपुरधाम। धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसा मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा  पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साह छिन्। अन्यको परिचय खुलेको छैन ।घटनाबारे थप विवरण आउन बाँकी छ ।