आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ५ २०७९
1.6K
SHARES

५ पुस चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म रोकिनेछ ।

भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जीखोला पुल निर्माणका लागि पहाड काट्नेलगायत कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

नारायणगढतर्फबाट जाने यात्रीवाहक बस, मिनिबस, माइक्रोबस, साना सवारीसाधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै, मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत भारी सवारीसाधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिनेछ ।