मन्त्री श्रेष्ठ अकस्मात यातायात कार्यालय पुगेपछि…


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १९ २०७९
3.5K
SHARES

१९ पुस काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनास्थित यातायात कार्यालयमा अनुगमनका लागि पुगेका छन्।

उनी अकस्मात कार्यलय अनुगमनमा पुगेका हुन् । मन्त्री श्रेष्ठले यातायात कार्यालयको कामकारबाहीबारे जानकारी लिएको र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिएको बताइएको छ।

यसअघि उनले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई तलव काटिने बताएका थिए।