धोबिघाटको कवाडी गोदाममा आगलागी


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २१ २०७९
2.8K
SHARES

२१ पुस काठमाडौं । ललितपुरको धोबिघाटमा आगलागी भएको छ।  बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो।

आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।  काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।