गुल्मी विमानस्थलमा अवतरण भयो तारा एयरको जहाज
२४ पुष काठमाडौं ।गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार तारा एयरले डेमो उडान गरेको छ। रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो।
आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको हो। उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारी थिए।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दुरीमा रहेको रेसुंगा विमानस्थलबाट अब तारा एयरले नियमित उडान गर्ने भएको छ।