सिभिल मलमा एक पुरूषले आफैंमाथि लगाए आगो
५ माघ काठमाडौं । काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको छ ।
उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान प्रहरी वृत्त जनसेवाबाट भइरहेको छ।