स्वकीय सचिव मरहट्टा माथि कार्यलयमै कुटपिट
७ माघ काठमाडौ । पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनका स्वाकिय सचिव अशाेक मरहट्टा माथी कुटपिट भएकाे छ । उनलाई नेकपा माओवादी निकट व्यवसायी दुर्गालाल श्रेष्ठले नगरपालिकाकाे कार्यालय भित्र सामान्य भनाभन पछि कुटपिट गरेका हुन् ।
कुटपिटमा संग्लग्न श्रेष्ठले घुच्चुकमा मुक्का हाने पछि घाईते भएका मरहट्टाको आँपपिपल अस्पतालमा उपचार भईरहेकोछ । घाईते मरहट्टाकाे घाँटी र गालाकाे भाग सुनिएको छ ।
उनलाई हातपात पछि कुटपिट गरिएकाे सिसिटिभि फुटेजमा समेत प्रस्ट रूपमा देख्न सकिन्छ । विभिन्न बिवादिद घटना क्रममा संलग्न श्रेष्ठले यस अघि पनि पाटिका जिम्मेवार सदस्यहरूलाई धम्की दिने र थर्काउने गरेकाे नेकपा माओवादी केन्द्र पालुङटार नगरपालिकाका काेशाध्यक्ष बिकास भट्टराईले जानकारी दिएका छन् ।