दोस्रो दिन क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २५ २०७९
2.6K
SHARES

२५ माघ काठमाडौं ।अहिले  सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ।मेलामा एक सय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्प्युटर, माउस, किबोर्ड तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ।‘एस्टर क्लिक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी भीड लागेको छ। रोज डेको अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवेयर इन्जिनियरहरूले तयार पारेका हुन् । कन्सेप्ट डेभलपर विजयराज ढुङ्गेललगायत टिममा दीपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इन्जिनियर रहेका टिमका सफ्टवेयर इन्जिनियर दिपेश न्यौपानेले जानकारी दिए ।

मेलामा पूजापाठको स्टलमा धार्मिक कार्यमा चाहिने गाईको गोबर, रातोमाटो, गाईको घ्यूलगायतका सामग्री राखिएको ‘पूजापाठ’ एपका उत्तम खनालले बताए । यसका साथै मेलामा कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, किताब, छालाका सामान, गमला घर, इलेकट्रिकल बाइक, स्टेसनरीलगायत व्यापारिक सामग्री बिक्रीका लागि राखिएका छन् ।मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले क्यान इन्फोटेक मेला सुरु गरिएको आयोजकले जनाएको छ।