आज सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १८ २०७९
2.4K
SHARES

१८ फागुन काठमाडौं ।अब प्रदेश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ ।प्रदेश सभाबाट कोसी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

पहिलो प्रदेश सभाले प्रदेश–१ को नाममा सहमति जुटाउन नसक्दा अन्य ६ वटै प्रदेशको नामकरण हुँदा पनि यो प्रदेशको नाम तय हुन सकेको थिएन । जसका कारण प्रदेश–१ का जनप्रतिनिधिको चर्को आलोचना भएको थियो ।