हरेक दलबाट आजै एक-एक मन्त्री नियुक्त हुने, को-को हुदै छन मन्त्री ?


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९
3.5K
SHARES

१५ चैत काठमाडौ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनदलहरुको बैठक फेरी ३ बजे बस्नेगरी सकिएको छ ।बुधबार बिहानबाट बसेको बैठक विननिष्कर्ष सकिएको एक नेताले बताए । तर फेरी ३ बजे उक्त बैठक बस्ने जनाइएको छ ।

सत्तारुढ १० दलको बैठकमा कुन मन्त्रालय कस्ले र कुन दलले कति मन्त्रालय प्राप्त गर्ने भन्ने विषयमा छलफल जारी छ ।स्रोतका अनुसार आजै मन्त्रिमण्डल विस्तार हुनेगरी बैठक बस्नेछ । अहिलेलाई लञ्च ब्रेकका लागि बैठक स्थगित गरिएको बताइएको छ ।

सम्भवत् आज प्रत्येक पार्टीले एक एक मन्त्रालयमा मन्त्री नियुक्त हुनेछन् ।त्यस्तै आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको लागि पनि छलफल चलेको थियो ।