मन्त्रालयको भागबन्डा टुंगियो, कसलाई कति मन्त्रालय ?


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९
3.5K
SHARES

१५ चैत काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक–एक मन्त्रलय लिने सहमति भएको एक नेताले जानकारी दिए ।

एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।