मन्त्रालयको टुंगो लगाउन बैठक जारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९
2.1K
SHARES

१६ चैत काठमाडौं । मन्त्रालयको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिले पनि मन्त्रालयको बाँडफाँट टुंगो लागेको छैन । मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत र जनमोर्चाबाहेक सबै दलका शीर्ष नेता सहभागी छन् ।