अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९
2.1K
SHARES

१७ चैत काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।  पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने टुंगो लागेको छ । “हामीले अध्यक्षको नाम पठायौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पार्टीले पाएको छ,” उनले  भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथ गराउने तयारी भएको उनका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।